म्याग्दी । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा म्याग्दी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ देविस्थान पन्थुकका २२ वर्षीय बिकल विक रहेका छन्।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको टोलीले आइतबार दिउँसो विकलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
