• Monday 5th of October 2026

आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । कपडाका थोक व्यापारी नवीन जिन्दलले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी उनले काठमाडौं महानगरपालिका-७, बौद्धको चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट हामफालेका हुन्।

कुमारीगाल बस्दै आएका उनले हामफालेपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि बौद्धस्थित स्तुपा अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

प्रहरीले उनको कोठामा विष फेला पारेको छ भने उनले विष सेवन गरेर बार्दलीबाट हामफालेको हुन सक्ने अनुमान गरेको छ। परिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यापारमा मन्दी आएका कारण उनी आर्थिक तनावमा थिए। साथै, उनी उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्यसम्बन्धी (डिप्रेसन) औषधि समेत सेवन गर्दै आएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖