• Monday 5th of October 2026

पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्।

आत्मदाहको प्रयास गर्ने २७ वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ। उनी रामेछापको दोरम्बा गाउँपालिका–१ निवासी हुन् भने हाल काठमाडौंको जोरपाटीमा बस्दै बालाजुस्थित एक बेकरी उद्योगमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार मंगलबार तामाङले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। त्यसअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिई साथमा रहेको पेट्रोल बरामद गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर आवश्यक काउन्सेलिङपछि छाडिएको छ।

प्रारम्भिक अनुसन्धानमा तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पाँच पटकसम्म भेट्ने प्रयास गरे पनि सफल नभएकाले आत्मदाह गर्ने निर्णय गरेको बताएका छन्। प्रहरीले उनले जोरपाटीस्थित एक पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेको पनि जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖