काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा भेटिएकी छन् । तारकेश्वर नगरपालिका १ मा रहेको बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरेर राखिएको विद्युतीय कारभित्र महिलाको शव भेटिएको छ ।
उनी सोही नगरपालिका वडा नम्बर ९ की ४५ वर्षीया रश्मी रिजाल रहेको बताइएको छ । हिजो बिहानदेखि परिवारसँग सम्पर्क विहीन रहेकी उनी आज दिउँसो कारभित्र जलेको अवस्थामा भेटिएकी हुन् ।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनी सानिमा बैंकको नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडको रुपमा कार्यरत कर्मचारी भएको बताइन्छ ।
