काठमाडौ । शेयर कारोबारमा आएको गिरावटपछि मानसिक तनावमा रहेकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेकी छन्। तारकेश्वरको साङ्गलाखोला–पटापु क्षेत्रमा पार्किङ गरिएको कारभित्र उनी मृ ‘त अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार सीसीटीभी फुटेज विश्लेषण गर्दा उनले आफैं गाडी पार्क गरी भित्रै आ’ गो लगाएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
पारिवारिक स्रोतका अनुसार रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्। पछिल्लो समय शेयर बजारमा आएको मन्दीपछि उनी मानसिक रूपमा तनावग्रस्त रहेको बताइएको छ।
रिजाल तारकेश्वर नगरपालिका–९, शुभकामना चोककी बासिन्दा हुन्। उनका पति नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आमसञ्चार तथा पत्रकारिताका अध्यापक रहेका छन्।
