• Monday 5th of October 2026

आफूलाई ‘पाथीभारा माता’ बताउने समिर थापा प्रहरी नियन्त्रणमा, सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोप


  • धनकुटा खबर
  • .

सुर्खेत । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण भिडियो तथा तस्बिर सार्वजनिक गरी धार्मिक आस्थामा असर पुग्ने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा, जसले आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउने गरेका थिए, लाई बुधबार राति करिब ८ः३० बजे प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमा प्रसारित गरेका भिडियो तथा तस्बिरले आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थामाथि असर पार्ने तथा अनावश्यक विवाद उत्पन्न हुन सक्ने देखिएको जनाएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖