• Monday 5th of October 2026

राजधानीका यी स्थानमा आज एक घण्टा लोडसेडिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा एक घण्टाका लागि विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार स्युचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइनको बसमा तार चुडिएर आकस्मिक प्राविधिक समस्या उत्पन्न भएपछि मर्मत कार्य गर्नुपर्ने भएकाले आज अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म स्युचाटार, पाटन, टेकु र के–३ क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिनेछ।

प्राधिकरणले मर्मत कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत सेवा सोहीअनुसार पुनः सञ्चालन गरिने जनाएको छ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖