• Monday 5th of October 2026

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते


  • धनकुटा खबर
  • .

दाङ — दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको UP44AS8124 नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक भारतको सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।

घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖