• Monday 5th of October 2026

सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो, उद्धारमा कठिनाइ


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनकोशी नदीमा खसेको कारमा चार जना सवार रहेको खुलेको छ।

रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सीमाक्षेत्रस्थित लिखु खोलानजिक सडकमा रोकिराखिएको कारलाई बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो।

प्रहरीका अनुसार कारका धनी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका ठेकेदार तिलकुमार लामा हुन्। दुर्घटनाका बेला उनीसहित चार जना कारमा सवार रहेका थिए।

घटनास्थलमा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी उद्धारमा खटिएका छन्। तर नदीमा आएको तीव्र भेलाका कारण उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ।

हालसम्म कारमा रहेका कुनै पनि व्यक्ति बाहिर निस्कन नसकेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖