• Monday 5th of October 2026

एक महिनाकी शिशुको उपचार गराउन निस्किएकी महिला झिमरुक नदीमा मृत फेला


  • धनकुटा खबर
  • .

प्यूठान, साउन १८ — एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी प्यूठानकी एक महिलाको शव झिमरुक नदीमा फेला परेको छ।

झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापा सोमबार झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार, सोमबार बिहान करिब १०:३० बजे थापाले ढाडका एक स्थानीयलाई आफ्नो एक महिनाकी शिशु केहीबेर हेरिदिन आग्रह गरेपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

त्यसपछि इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा झिमरुक नदीबाट उनको शव फेला पारेको प्रहरीले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार बेदना थापा एक महिनाकी छोरीको उपचार गराउन बुटवल जाने भन्दै घरबाट निस्किएकी थिइन्।

घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖