• Monday 5th of October 2026

रोमानियामा रेल दुर्घटनामा मृत्यु भएका दुई नेपालीको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

काठमाडौ । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपाली युवाको पहिचान खुलेको छ।

दुर्घटनामा मृत्यु हुनेमा चितवनका निश्चल तामाङ र सिन्धुपाल्चोकका शान्तकुमार श्रेष्ठ रहेका छन्।

उनीहरूको घटनास्थलमै मृत्यु भएको रोमानियाको बाकाउ प्रहरीलाई उद्धृत गर्दै बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेल ले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनाको कारण र अन्य विवरण सार्वजनिक हुने क्रम जारी रहेको बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖