• Monday 5th of October 2026

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली रहेका छन्। वारदातपछि फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो।

रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट Air Arabia को उडान नम्बर G9 530 मार्फत २०८३ साउन २० गते राति १०:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖