काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका एक वृद्ध दम्पतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्।
घटनापछि बुधबार रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो। रातभर खोजी गर्दा दुवै जनाको अवस्था पत्ता लाग्न नसकेपछि बिहीबार बिहानदेखि थप सुरक्षा टोली परिचालन गरी सुनकोशी नदी आसपासका क्षेत्रमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
हालसम्म दम्पतीको अवस्था अज्ञात रहेको छ। प्रारम्भिक जानकारीअनुसार तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरबाट पीडित तथा अपाङ्गता भएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
