तुलसीपुर । तुलसीपुरको मदनआश्रित चोक नजिक टिप्परले स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर–११ कटाहाकी २१ वर्षीया कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनापछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचार भइरहेका बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
