दोलखा । तामाकोशी पुलबाट हाम फालेर मृत्यु भएकी महिलाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मृतक बैतेश्वर गाउँपालिका–६ हिटी निवासी ६५ वर्षीया सीतामाया दाहाल हुन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजे उनले तामाकोशी पुलबाट नदीमा हाम फालेकी थिइन्। केही समयपछि घटनास्थलभन्दा तल नदी किनारमा उनको शव फेला परेको थियो।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। शवको मुचुल्का उठाएर पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
