धनगढी । कैलालीमा एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। शनिबार जिल्लाका गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रका छुट्टाछुट्टै स्थानमा उनीहरू मृत भेटिएका हुन्।
प्रहरीका अनुसार मृत भेटिनेमा गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३ का प्रकाश बिक रहेका छन्।
तीनै जना फरक–फरक स्थानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
