काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट हुँदा पाँच जना घाइते भएका छन्।
म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा अचानक विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले जानकारी दिए।
घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको उनले बताए। घटनास्थलमा प्रहरी टोलीसमेत परिचालन गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। गणपति व्यस्त रहेकाले घटनाको विस्तृत विवरण पछि उपलब्ध गराउने बताएका छन्।
