• Monday 5th of October 2026

पेप्सीकोलाबाट जुवा खेलिरहेको अवस्थामा १४ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलास्थित जस्ताको टहरामा सञ्चालन भइरहेको जुवा खालमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले जुवा खालबाट १ लाख १९ हजार रुपैयाँ नगद र तीन बुक तास बरामद गरेको छ । घटनास्थलबाट अनुसन्धानका लागि १५ थान मोबाइलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताएका छन् ।

पक्राउ परेकाहरूविरुद्ध जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖