• Monday 5th of October 2026

अदालत अगाडि मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको थियो ।

त्यहीबीचमा उनले पेट्रोल आफ्नो शरीरमा खन्याएपछी प्रहरीले उनलाई रोकेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖