• Monday 5th of October 2026

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्दै आएका ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो।

तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

फरार रहेका तामाङलाई साउन २८ गते भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖