• Monday 5th of October 2026

स्कार्पिओ दुर्घटनामा न्यायाधीश डाँगी सहित ६ जना घाइते, हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी


  • धनकुटा खबर
  • .

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कार्पिओ दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पिओ आज बिहान जुरिखेतमा दुर्घटनामा परेको हो। स्कार्पिओ भिरमा खस्दा त्यसमा सवार ४ पुरुष र २ महिला घाइते भएका छन्।

दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖