• Monday 5th of October 2026

छातीमा गोली लागेको अवस्थामा विश्वकर्मा मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् ।

प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुुँरास सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार उनको देव्रे हातको छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ ।

प्रहरीले घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरि घटनाबारे थप अनुसन्धान गरिहेको छ । वडाध्यक्ष मनऋषी आचार्यकाअनुसार उनी सिकार खेल्न जंगल गएको बुुझिएको छ ।

विश्वकर्मा एक्लै थिए वा साथमा अन्य व्यक्ति पनि गएका थिए ? भन्ने कुरा अहिलेसम्म खुलेको छैन । मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियाकै दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖