• Monday 5th of October 2026

६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ


  • धनकुटा खबर
  • .

रामेछाप । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

रामेछाप नगरपालिका–४ तिलबारीस्थित आफ्नै घरमा रहेकी ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटना २०८३ भदौ २ गते भएको हो। बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। घटनापछि उनी फरार भएका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा भदौ ३ गते तिलबारीस्थित कोही नबस्ने एउटा घरमा लुकिछिपी बसेको अवस्थामा बिसुंखेलाई फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बिसुंखेमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖