सुर्खेत । भेरी नदीमा दुई जनाको शव फेला परेको छ। फेला परेका दुवै शवको पहिचान भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी कविन्द्रसिं बोहोराका अनुसार बराहताल गाउँपालिका–४, तरङ्गास्थित भेरी नदीको घुमाउमा गएराति अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको हो।
सोही स्थानमा एक महिलाको शवसमेत फेला परेको बोहोराले जानकारी दिए। महिलाको शवको भने मुचुल्का तयार हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै बुधबार दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
गएराति फेला परेको पुरुषको शव प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। दुवै शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।
