• Monday 5th of October 2026

भैरहवाबाट घाइते लिएर आएको हेलिकोप्टर धादिङमा फोर्स ल्यान्डिङ


  • धनकुटा खबर
  • .

धादिङ। भैरहवाबाट सडक दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि काठमाडौं ल्याउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा फोर्स ल्यान्डिङ गरिएको छ।

उडानका क्रममा धादिङको आकाशमा मौसम प्रतिकूल भएपछि सुरक्षालाई ध्यानमा राख्दै पाइलटले हेलिकोप्टरलाई सुरक्षित रूपमा आकस्मिक अवतरण गराएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

माउन्टेन एयरको ‘एएन–एएलडी’ कलसाइन भएको हेलिकोप्टर धादिङको गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय नजिकैको खुला चौरमा अवतरण गरिएको थियो।

भैरहवामा भएको सडक दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मौसम खराब भएपछि केही समयका लागि गजुरीमा हेलिकोप्टर अवतरण गराइएको प्रहरीले जनाएको छ।

केही बेरको प्रतीक्षापछि मौसममा सुधार आएलगत्तै हेलिकोप्टर घाइतेहरूलाई लिएर काठमाडौंका लागि पुनः उडेको प्रहरीले जनाएको छ। हेलिकोप्टर सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरिसकेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖