• Monday 5th of October 2026

६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी आरोपमा २१ वर्षीय युवक पक्राउ


  • धनकुटा खबर
  • .

रामेछाप । रामेछाप नगरपालिका–४ तिलबारीमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी घर बताउने करिब २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्। उनी लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार बिसुंखेले मंगलबार तिलबारीस्थित महिलाकै घरमा जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि फरार भएका उनको खोजीका लागि सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा प्रहरीले बिसुंखेलाई बुधबार तिलबारीस्थित मानिस नबस्ने एक खाली घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बिसुंखेमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖