• Monday 5th of October 2026

सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

यस दिन सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो। दुई दिनमै सुन तोलामा १२ हजार ६ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖