काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री सुधन गुरुङसहित नौ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई रहेका छन्।
रास्वपाले पछिल्लो समय संगठन विस्तार तथा पार्टीको आन्तरिक संरचनालाई थप व्यवस्थित बनाउने क्रममा विभिन्न जिम्मेवारीमा नयाँ सदस्यलाई समेट्दै आएको छ।
