• Monday 5th of October 2026

छोराको मृत्युको खबर सहन नसकेपछि आमाले पनि गरिन् आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका प्रमित पटेलको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, छोराको मृत्युको खबर पाएपछि मृतक कालाथोकीकी आमाले समेत आत्महत्या गरेको बताइएको छ। आमाले आत्महत्या गर्नुको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖