• Monday 5th of October 2026

छोरीलाई शौच गराउन गाडीबाट झरेकी थिइन् आमा, अर्को गाडीले ठक्कर दिँदा दुवैको मृत्यु


  • धनकुटा खबर
  • .

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा ईभी माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।

शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आउँदै गरेको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। तर, उपचारका क्रममा बिहान ९ः३० बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖