वीरगन्ज । बाराको सिमराबाट ११ वर्षीया एक बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका–६ निवासी सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टका अनुसार मंगलबार बालिका बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन परेको हो। उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह छोरी सनाया बेपत्ता भएको जानकारी प्रहरीलाई गराएकी थिइन्।
प्रहरीमा निवेदन परेलगत्तै बालिकाको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
प्रहरीले बालिकाको अवस्थाबारे थप विवरण संकलन गर्दै खोजी कार्यलाई तीव्रता दिएको छ।
