• Monday 5th of October 2026

ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज र हातपात गर्ने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ भदौ । काठमाडौंमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि सोमबार बिहान करिब ९ः३० बजे पिक आवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न सम्झाएका थिए।

तर, प्रहरीको आग्रह अटेर गर्दै उल्टै प्रहरी कर्मचारीलाई गालीगलौज गर्नुका साथै हातपात गरेपछि जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖