• Monday 5th of October 2026

तीर्थयात्री सवार बस बाढीले बगायो, पाँच जना यात्री सम्पर्कमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखाको पालुङटारबाट रसुवाको गोसाइकुण्डतर्फ जाँदै गरेको बस रसुवाको लेन्दे खोलामा आएको बाढीले बगाएको छ ।

बेत्रावती पुगेको अवस्थामा बसलाई बाढीले बगाएको सोही बसमा सवार भई हामफालेर बाँच्न सफल यात्रीले प्रहरीलाई जानकारी गराएका छन् ।

ग२ख ११५२ नम्बरको बस बुधबार राति करिब २ बजे पालुङटारबाट गोसाइकुण्डतर्फ प्रस्थान गरेको थियो । उक्त्त बसमा ३८-३९ जना सवार रहेको बताइएको छ ।

अकस्मात बाढी आएपछि बसमा सवार ५ जना भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसबाट हामफालेका ५ यात्रीमध्ये एक महिलाले गोरखास्थित आफन्तलाई घटनाको विवरण जानकारी गराएपछि प्रहरीले घटनाबारे थाहा पाएको हो । बाढीमा हराएको बस र त्यसमा सवार अन्य यात्रीको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।

पालुङटारको बेपत्ता भनिएको गाडिमा सवार यात्रुहरूको नामावली

१. सागर देवकोटा २. राममाया देवकोटा ३. रविन्द्र देवकोटा ४. पदमकुमारी देवकोटा ५. तारा रानाभाट ६. पार्वती न्यौपाने ७. रामहरि देवकोटा ८. रामहरि देवकोटाकी श्रीमती ९. सुजाता कौडल १०. ११. दुर्गादेवी देवकोटा १२. तुलाराम देवकोटा १३. तुलाराम देवकोटाकी श्रीमती १४. कृष्णकला देवकोटा १५. मायादेवी देवकोटा १६. नानुमाया थापा १७. रविन्द्र दाइकी ममी १८. पुरकोट (बाबुराम बुवाकी श्रीमती) १९. शारदा देवकोटा २०. हरि देवकोटा २१. बद्रीप्रसाद देवकोटा २२. मिठुमाया अग्माइन २३. घनश्याम देवकोटा २४. घनश्याम देवकोटाकी श्रीमती २५. सम्झना देवकोटा २६. सुष्मा न्यौपाने पोखरेल २७. मायादेवी खड्का २८. बाबुराम देवकोटा २९. केदार पण्डित ३०. सरिता अधिकारी पण्डित ३१. मधुमाया पण्डित ३२. कमला पण्डित ३३. नानु थापा ३४. मुरारी खत्री ३५. दिलबहादुर खत्री

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖