काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील गाली गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दाहालले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अश्लील तथा आपत्तिजनक अभिव्यक्ति दिएका थिए। उनले नेपाल प्रहरीसँग समेत ‘एक्लै भिड्ने’ भन्दै अभिव्यक्ति दिएको आरोप छ।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरोमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्।
