• Monday 5th of October 2026

आजको राशिफलः बिसं २०८३ भदौं १३ गते शनिवार


  • धनकुटा खबर
  • .

आजको राशिफलः बिसं २०८३ भदौं १३ गते शनिवार, ईसं २०२६ अगस्त २९, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा सा पारू, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण प्रतिपदा, नक्षत्रः पूर्वभाद्र, चन्द्रमा कुम्भ राशीमा, सुर्य सिंह राशीमा, योगः सुकर्मा, करणः कौलब । आज गाइजात्रा पनि हो, आज काठमाडौं उपत्यकामा बिदा पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः४१ मिनेटमा र सूर्यास्त साँझ ०६ः२६ मिनेटमा हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मिठो परिका खाएर जुन सुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०२ मिनेटदेखि ९ बजेर ३९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन राम्रो रहनेछ। गुम्न लागेको धन वा रोकिएको रकम प्राप्त हुने सम्भावना छ। व्यापार(व्यवसायमा नाफा मिल्नेछ। पारिवारिक जीवन सुखमय बित्नेछ भने छोटो घुमफिरको योग छ।   

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मन प्रसन्न रहनेछ। विरोधीहरूमाथि विजय प्राप्त हुनेछ। पराक्रम र आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ र परिवारको पूर्ण साथ(सहयोग मिल्नेछ।   

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन सामान्य रहनेछ। मनमा अलिकति अशान्ति वा चिन्ता हुन सक्छ। महत्त्वपूर्ण निर्णय लिँदा परिवारको सल्लाह लिनु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।   

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काम गर्दा विचार पुर्याउनुपर्नेछ। व्यापारमा हतारमा निर्णय नलिनुहोला। अनावश्यक विवादबाट बच्न थोरै बोल्नु र सोचेर मात्र काम अघि बढाउनु राम्रो हुन्छ।   

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन उत्साहजनक छ। नयाँ वस्त्र वा उपहार प्राप्तिको योग छ। आफन्त तथा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ र शत्रुहरू परास्त हुनेछन्।   

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धनलक्ष्मी योग परेकाले रोकिएको वा डुब्न लागेको सम्पत्ति हात लाग्न सक्छ। कार्यक्षेत्रमा कामको उचित मूल्याङ्कन वा पदोन्नतिको सम्भावना छ। अध्ययन अध्यापनमा भने अलि आलस्यता आउन सक्छ।   

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन प्रसन्न रहनेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले नयाँ कार्ययोजना बन्नेछन्। नयाँ ठाउँ भ्रमण गर्ने वा घुम्ने अवसर मिल्न सक्छ। दाम्पत्य र प्रेम जीवन सुखद रहनेछ।   

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन अलि सतर्क रहनुपर्ने खालको छ। अनावश्यक वादविवाद र यात्रामा समय तथा पैसा खर्च हुन सक्छ। स्वास्थ्यमा सामान्य गडबढी देखिन सक्ने भएकाले सजग रहनुहोला।   

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिन शुभ रहनेछ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। मिष्ठान्न भोजनको आनन्द मिल्नेछ। मिहिनेत अनुसारको सफलता मिल्नेछ र सहयोग गर्नेहरूको सङ्ख्या बढ्नेछ।   

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका नयाँ स्रोतहरू खुल्न सक्छन्। समाजमा मान(सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ भने प्रेम सम्बन्धमा पनि सुधार आउनेछ।   

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानातिना कुरामा रिस उठ्न सक्ने भएकाले संयम अपनाउनुहोला। धार्मिक वा सामाजिक कार्यमा सहभागी भई काम गर्दा सफलता मिल्नेछ। मिहिनेतको फल ढिलो(चाडो प्राप्त हुनेछ।   

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा केही अवरोध वा ढिलासुस्ती हुन सक्छ। एक्लै लामो यात्रामा जानुअघि विचार गर्नुहोला। पारिवारिक वा व्यावहारिक लेनदेनमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

 

ज्याेः हरी नारायण उपाध्याय

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖