• Monday 5th of October 2026

धादिङमा बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ


  • धनकुटा खबर
  • .

धादिङ । त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको थापाले बताए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले पनि घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

‘सूचना आएपछि प्रहरी टोली गएको थियो। केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं। केही नगद पनि फेला परेको छ। यसबारे हामी छिट्टै विज्ञप्ति जारी गर्दैछौं,’ डीएसपी दाहालले बताएका छन्।

यसअघि धादिङ–१ की राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम बाँडिएको भन्दै सामाजिक सञ्जालमार्फत लगातार आवाज उठाउँदै आएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖