काठमाडौ । धादिङको मलेखु खोलापारि फेरि एउटा बैंकको भल्ट फेला परेको छ।
बाढीका कारण बगाएर ल्याइएको हुनसक्ने आशंका गरिएको उक्त भल्ट स्थानीयले फेला पारेका हुन्।
भल्ट भेटिएपछि स्थानीयले त्यसलाई सुरक्षित राख्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई आग्रह गरेका छन्।
यसअघि पनि बाढी प्रभावित क्षेत्रमा बैंकका भल्ट तथा अन्य सामग्री फेला परेका थिए। पछिल्लो भल्ट कुन बैंकको हो भन्ने खुलेको छैन।
