• Monday 5th of October 2026

घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य भने यथावत् रहेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा स्थिर छ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा महासंघले दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖