काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको किनार, गोरखातर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा टिमुरे भन्सार कार्यालयमा कार्यरत थिए। उनको शवको पोस्टमार्टमपछि परिवारले बुझेका छन्।
गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।
