• Monday 5th of October 2026

लाङटाङ खोला जलविद्युत् आयोजनामा दुई कर्मचारीको शव फेला


  • धनकुटा खबर
  • .

रसुवा । बाढीपछि सम्पर्कविहीन भएका लाङटाङ खोला जलविद्युत् आयोजनाका दुई कर्मचारीको शव फेला परेको छ।

रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत दुई कर्मचारीको शव बिहीबार फेला परेको हो।

आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यका अनुसार दुई कर्मचारीको शव फेला परेको जानकारी प्राप्त भएको छ। उनका अनुसार शव आयोजना परिसरमा टनेल र पावरहाउसबीच रहेको पेनस्टक पाइपमा काम भइरहेको क्षेत्रमा भेटिएको हो।

आचार्यले आयोजनाको टनेल बन्द भइसकेको र त्यहाँ मानिस प्रवेश गर्ने अवस्था नरहेको बताए। शवको सनाखत तथा अन्य कानुनी प्रक्रिया भने बाँकी रहेको छ।

लाङटाङ क्षेत्रमा बाढीपछि अझै ३९ जना सम्पर्कविहीन रहेको बताइएको छ भने १९ जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖