• Monday 5th of October 2026

संसदमै प्रेसर हाई भएर लडे सांसद खड्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधि सभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक लडेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्माले सम्बोधन गरिरहेका बेला खड्का आफ्नै कुर्सीमा बसिरहेको अवस्थामा एकाएक लडेका हुन्।

खड्का लडेपछि कांग्रेसका अन्य सांसदहरू तत्काल उनलाई उठाउन पुगेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्माको सम्बोधन बीचमै रोकेका थिए।

खड्काको संसद् भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

खड्काको स्वास्थ्य अवस्था र उपचारबारे थप विवरण सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖