• Monday 5th of October 2026

आजको राशिफलः बि.स. २०८३ भदौं १९ गते शुक्रबार


  • धनकुटा खबर
  • .

आजको राशिफलः बि.स. २०८३ भदौं १९ गते शुक्रबार, ई.सं २०२६ सेप्टेम्बर ०४, ऋतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६, भाद्र कृष्ण पक्षको अष्टमी तिथी, नक्षत्रः रोहिणी, चन्द्रमा बृष राशीमा, सुर्य सिंह राशीमा, योगः हर्षण, करणः बालव । आज श्रीकृष्ण जन्मअष्टमी र गोरखकालीपूजा पनि । आज नेपालमा सूर्योदय बिहान ५ः४४ मिनेटमा र सूर्यास्त साँझ ०६ः२० मिनेटमा हुनेछ ।

 

आज, श्रीकृष्ण जन्मअष्टमीमा भगवान श्रीकृष्णको विशेष ब्रत, पूजा, दान, साधना गर्ने गरिन्छ । घरमा वा भगवानको मन्दिरमा गएर शुद्ध शरिर, मन र बिचारले भगवानको दर्शन गरेमा शुभ फल प्राप्त हुन्छ । आज भगवान्को सेवा गर्नाले तपाईलाई प्रेम, भक्ति, आत्मज्ञान र आध्यात्मीक चेतना प्राप्त हुने शास्त्रमा उल्लेख छ । 

 

मेष राशीः मुद्धामामिलाको झमेला आउन सक्छ । पशुबाट हानी हुने योग छ । आफन्तसंगको सम्बन्ध विग्रन सक्छ । आत्मविश्वास राख्नुहोला । आजको दिनमा हनुमानजीको स्मरण गरेर दिनको सुरुवात गर्नुहोला ।

शुभ रंगः पहेँलो, शुभ अंकः ८ 

 

वृष राशीः  नसोचेको खबर सुन्न पाउने योग छ । वैदेशिक योगको लागि राम्रो समय छ । पारिवारीक सुख प्राप्त होला । नौकरीमा झमेला हुने छ । सामान्य विवाद हुने छ । आज दिनभरि संयम रहनु होला ।

शुभ रंगः रातो, शुभ अंकः ३ 
   

मिथुन राशीः पारिवारीक जिम्मेवारी बढ्ने छ । बिहान ११ बजेको समय पछिको समय शुभ हुने छ । मन प्रसन्न रहला । नयाँ ठाउँ घुम्ने वा नयाँ वस्तु प्रयोग हुने योग छ । नून दान गरेर दिनको सुभारम्भ गर्नुहोला ।

शुभ रंगः हरियो, शुभ अंकः २ 
  

कर्कट राशीः दाम्पत्य सुख बढ्दै जाने छ । पठनपाठनमा मन जाने छ । बोलीको प्रभाव रहने छ । ऊर्जावान समय छ नयाँ योजना सहित कार्य गर्नुहोला । आजको दिनमा दुध वा दुधबाट बनेको परिकार दान गर्नुहोला ।

शुभ रंगः खैरो, शुभ अंकः ९ 

 

सिंह राशीः पुराना याद र सम्झनाले सताउने छ । साँझको समयमा सेवामुलक कार्य गर्ने अवसर प्राप्त हुने छ । सृजनात्मक कार्यको प्रसंंसा होला । आज मानव सेवामा समय खर्च गर्नुहोला शुभ फल प्राप्त हुने छ ।

शुभ रंग निलोः पहेँलो, शुभ अंकः ७ 
     

कन्या राशीः आजको दिन नयाँ सोचाईमा बित्ने छ । सेवा गर्ने अवसर प्राप्त होला । ग्याट्रिकजन्य रोगले सताउने छ । सन्तान सुख प्राप्त हुने छ । गुरुबाट आर्शिवाद लिएर दिनको सुरुवात गर्नुहोला शुभ होला ।

शुभ रंगः हरियो, शुभ अंकः १३ 
   

तुला राशीः बिग्रेको काम बन्ने तर आर्थिक कुरामा बिवाद बढने छ । शत्रुको भय कायम रहने छ । बोली रुखो बन्ने छ । साझको समय घरायसी विवाद बढ्ने छ । आज माता लक्ष्मीको स्मरण गरेर दिनको सुरु गर्नुहोला ।

शुभ रंगः सेतो, शुभ अंकः ४ 
  

वृश्चिक राशीः झुठो आरोपको सामना गर्नुपर्ने छ । मन चन्चल रहने छ । धन खर्चको योग बनेको छ । आफ्नो लुगाकपडा अरुलाई प्रयोग गर्न नदिनु होला । आज दिनभरि अनुशासनमा बस्नुहोला ।

शुभ रंगः बैजनी, शुभ अंकः १५ 

 

धनु राशीः यात्राको अवसर प्राप्त हुँदा मन प्रसन्न हुने छ । नयाँ मित्रता बन्ने योग छ । पारिवारीक सहयोग प्राप्त होला । स्वास्थ्यमा सामान्य समस्या आउने छ । आज चना दान गरेर दिनको शुभारत्म गर्नुहोला ।

शुभ रंगः रातो, शुभ अंकः १ 
   

मकर राशीः नयाँ सम्बन्धहरु जोडिदै जाने छन् । मन रोमान्चित हुने छ । कपडा र फलामजन्य वस्तुबाट लाभ प्राप्त हुने छैन । नयाँ कार्य गर्दा सोचेर गर्नुहोला । आज तोरिको तेल दान गरेर दिनको सुरुवात गर्नुहोला ।

शुभ रंगः सेतोे, शुभ अंकः १२
    

कुम्भ राशीः दाम्पत्य सुखमा सामान्य सुधार आउने छ । घरयसी जिम्मेवारी बढ्ने छ । साँझतिर धन खर्च हुने योग छ । केही नयाँ वस्तुको प्रयोग हुने देखिन्छ । आज दिनभरि सुन चाँदिको प्रयोग कम गर्नुहोला ।

शुभ रंगः फुस्रो, शुभ अंकः ५ 
  
मिन राशीः  बोलीको प्रभाव बढ्ने छ । धर्मकर्ममा मन जाने छ । आत्मविश्वासमा कमी आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिने छ । आफुले लगाउने कपडा दान गरेर दिनको शुभारम्भ गर्नुहोला।

शुभ रंगः हल्का पहेँलो, शुभ अंकः ३

 

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖