• Monday 5th of October 2026

त्रिशूली–३ ‘ए’ अपडेट : थप एक जनाको पनि जीवितै उद्धार


  • धनकुटा खबर
  • .

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थप एक जनाको जीवितै उद्धार गरिएको छ।

यसअघि सञ्जय साहको उद्धार गरिएकोमा अहिले कविर महर्जनको पनि जीवितै उद्धार गरिएको हो।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका सबैलाई सकुशल बाहिर निकाल्न प्रयास गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖