काठमाडौ । बिहीबार तोलामा ७ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।
सुनको भाउ शुक्रबार तोलामा २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो।
सुनको मूल्य बिहरीबार तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको थियो।
यसअघि बुधबार सुनको भाउ तोलामा ८ हजार ८ सय, मंगलबार ५ सय, सोमबार २ हजार ४ सय र आइतबार ९ हजार ५ सय रुपैयाँ घटेको थियो।
गत साताको शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार १ हजार २ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ।
हिजो तोलामा १ सय ४५ रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय २५ रुपैयाँ पुगेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
