काठमाडौँ । गत भदौ १० गते तिब्बतबाट आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएका नेपाली सेनाका क्याप्टेन भरत खवास मेजरमा बढुवा भएका छन्।
खवास शुक्रबार मेजरमा बढुवा भएका हुन्। उनको बढुवा नियमित प्रक्रियाअन्तर्गत भएको बताइएको छ।
नेपाल पुलिस क्लबबाट नेपाली सेनामा प्रवेश गरेका खवासले अधिकृत क्याडेटमा नाम निकालेर सैनिक सेवा सुरु गरेका थिए।
पछिल्लो समय उनी त्रिभुवन आर्मी क्लब तथा राष्ट्रिय फुटबल टोलीबाट समेत खेल्दै आएका छन्।
भदौ १० गते आएको विनाशकारी बाढीपछि खवास नुवाकोटलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका थिए। उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
