• Sunday 4th of October 2026

श्रीनगर विमानस्थलमा इन्डिगोको विमान पोलमा ठोक्कियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित श्रीनगर विमानस्थलमा पार्किङ गर्ने क्रममा इन्डिगोको विमान पोलमा ठोक्किएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार नवी मुम्बईबाट शुक्रबार बिहान श्रीनगर पुगेको इन्डिगोको उडान ६ई २२५ (भीटी–एनओजी) विमान बिहान करिब ९ बजे पार्किङ गर्ने क्रममा पोलमा ठोक्किएको हो।

विमानमा रहेका २०० यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको र घटनामा कसैलाई चोटपटक नलागेको बताइएको छ।

दुर्घटनापछि यात्रु तथा चालक दलका सदस्यलाई म्यानुअल भर्‍याङ प्रयोग गरी विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

विमान ठोक्किएको पोल विमानलाई पार्किङ गर्ने क्रममा मार्गदर्शन गर्ने भिजुअल डकिङ गाइडेन्स सिस्टमको हिस्सा रहेको जनाइएको छ। उक्त प्रणालीले विमानलाई पार्किङ स्थानमा सुरक्षित रूपमा लैजान सहयोग गर्छ।

घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान थालेको छ। दुर्घटनाका बाबजुद श्रीनगर विमानस्थलबाट विमान सेवा सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖