काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४८ सयले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा झरेको छ ।
हिजो प्रतितोला ३ लाख ५ हजार ८०० मा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० कायम भएको छ ।
अघिल्लो दिन ४ हजार ८५५ मा खरिदबिक्री भएको थियो ।
