• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

आजको राशिफल: वि.सं. २०८३ भदौ २९ गते सोमबार


  • धनकुटा खबर
  • .

काठमाडाैं, २९ भदाैं । आजको राशिफल वि.सं. २०८३ भदौ २९ गते सोमबार,  ई.सं. २०२६ सेप्टेम्बर १४, ऋतु: वर्षा, अयन: दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र शुक्ल पक्ष, तृतीया तिथि | नक्षत्र: चित्रा | चन्द्रमा: तुला राशिमा, सूर्य: सिंह राशिमा, योग: ब्रह्म करण: गर । आज हरितालिका तीज, गणेश चतुर्थी व्रत, राष्ट्रिय बाल दिवस तथा राष्ट्रिय धर्मसभा दिवस मनाइँदैछ। आज  सूर्योदय: बिहान ०५:४९ बजे र सूर्यास्त साँझ ०६:०८ बजे हुनेछ । 

हरितालिका तीजका अवसरमा भगवान् शिव र माता पार्वतीको श्रद्धापूर्वक पूजा-आराधना गरी पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। गणेश चतुर्थीका दिन भगवान् गणेशको पूजा तथा स्मरण गर्नाले विघ्न-बाधा हट्ने र शुभ कार्यमा सफलता मिल्ने धार्मिक विश्वास छ। साथै, बालबालिकाको अधिकार, शिक्षा, सुरक्षा र उज्ज्वल भविष्यप्रति सजग रहन राष्ट्रिय बाल दिवसको पनि विशेष महत्त्व रहेको छ। आज कुनै पनि शुभ वा नयाँ कार्यको सुरुवात गर्नका लागि बिहान ०८:५३ देखि १०:२६ बजेसम्मको समय उत्तम रहनेछ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा उत्साह बढ्नेछ र रोकिएका कार्यहरू अघि बढ्नेछन्। व्यवसाय तथा रोजगारीमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सुधार आए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला। परिवारका सदस्यहरूसँग आत्मीयता बढ्नेछ। भगवान् गणेशको स्मरण गरी दिनको सुरुवात गर्दा शुभ हुनेछ।

(शुभ रङ: रातो, शुभ अङ्क: १)

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा नयाँ सम्पर्क र ग्राहक थपिनेछन्। आर्थिक लाभको अवसर मिल्नेछ, तर हतारमा लगानी नगर्नुहोला। पारिवारिक भेटघाटले मन प्रसन्न बनाउनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मानसिक शान्ति मिल्नेछ।

(शुभ रङ: सेतो, शुभ अङ्क: ६)

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ योजना बनाउन र महत्त्वपूर्ण निर्णय लिन अनुकूल समय छ। कार्यक्षेत्रमा तपाईंका विचारको प्रशंसा हुनेछ। आर्थिक कारोबार गर्दा कागजात र हिसाबकिताबमा विशेष ध्यान दिनुहोला। साथीभाइबाट आवश्यक सहयोग मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्नेछ।

(शुभ रङ: हरियो, शुभ अङ्क: ५)

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक वातावरण सुखद रहनेछ। व्यवसायमा नयाँ अवसर मिल्नुका साथै रोकिएका काम पूरा हुने सम्भावना छ। आर्थिक लाभको सङ्केत देखिए पनि ठूला निर्णय सोचविचार गरेर मात्र लिनुहोला। आफन्तसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ।

(शुभ रङ: सेतो, शुभ अङ्क: २)

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको नेतृत्व र कार्यक्षमताको प्रशंसा हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सकारात्मक समाचार सुन्न पाइनेछ। पारिवारिक तथा सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। गणेशजीको पूजा तथा स्मरणले दिनलाई थप शुभ बनाउनेछ।

(शुभ रङ: सुन्तला, शुभ अङ्क: ९)

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) चन्द्रमाको प्रभावले व्यावहारिक सोच र निर्णय क्षमता बलियो बन्नेछ। काममा एकाग्रता बढ्ने भएकाले महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सक्नुहुनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ भने अध्ययन तथा अनुसन्धानमा सफलता मिल्नेछ।

(शुभ रङ: हल्का हरियो, शुभ अङ्क: ५)

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र उत्साह बढाउने दिन छ। व्यवसाय तथा रोजगारीमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक लाभको सम्भावना छ। बोली र व्यवहारमा नम्रता राख्नुभयो भने महत्त्वपूर्ण काममा सजिलै सफलता मिल्नेछ।

(शुभ रङ: गुलाबी, शुभ अङ्क: ६)

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। रोकिएका काम पूरा हुने र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको बाटो खुल्नेछ, तर खर्च पनि बढ्न सक्ने भएकाले सचेत रहनुहोला। धार्मिक वा सेवामूलक कार्यमा सहभागी हुनु शुभ हुनेछ।

(शुभ रङ: गाढा रातो, शुभ अङ्क: ८)

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ अवसरले उत्साहित बनाउनेछ। व्यवसाय तथा जागिरमा सकारात्मक परिवर्तनको सङ्केत छ। टाढाको स्थानबाट महत्त्वपूर्ण समाचार प्राप्त हुन सक्छ। परिवारका ज्येष्ठ सदस्यको सुझावलाई सम्मान गरेर अघि बढ्नु लाभदायक हुनेछ।

(शुभ रङ: पहेँलो, शुभ अङ्क: ३)

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) जिम्मेवारी बढे पनि कामलाई व्यवस्थित रूपमा पूरा गर्न सक्नुहुनेछ। व्यवसायका पुराना समस्या समाधानतर्फ जानेछन्। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। भगवान् गणेशको स्मरण तथा सेवा-दानको भावनाले दिनलाई सकारात्मक बनाउनेछ।

(शुभ रङ: निलो, शुभ अङ्क: ८)

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक तथा पारिवारिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्न सक्छ। आर्थिक क्षेत्रमा सुधार आए पनि साझेदारी कारोबारमा स्पष्टता आवश्यक छ। बालबालिका तथा सामाजिक सेवासम्बन्धी कार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ।

(शुभ रङ: आकाशे निलो, शुभ अङ्क: ४)

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनमा सकारात्मक सोच र नयाँ उत्साहको विकास हुनेछ। व्यवसाय तथा जागिरमा गरिएको प्रयासको राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक लाभको अवसर आए पनि भविष्यलाई ध्यानमा राखेर खर्च गर्नुहोला। शिव-पार्वती तथा गणेशजीको स्मरण गर्दै दिनको सुरुवात गर्नु शुभ हुनेछ।

(शुभ रङ: हल्का पहेँलो, शुभ अङ्क: ७)

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं )

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖