• Sunday 4th of October 2026

च्याउ टिप्न गएका युवक ६ दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

बझाङ । खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का च्याउ टिप्न जंगल गएका बेला बेपत्ता भएका छन्।

भदौ २३ गते बिहान लहरे सामुदायिक वनको डाँडाकोट क्षेत्रमा च्याउ टिप्न गएका खड्का ६ दिन बितिसक्दा पनि घर फर्किएका छैनन्।

मोबाइल नेटवर्क नभएको सीमावर्ती क्षेत्रमा परिवार, आफन्त र स्थानीयले खोजी गरिरहेका छन्। परिवारले प्रहरी, प्रशासन र स्थानीय तहसँग खोजी तीव्र बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖