• Sunday 4th of October 2026

घट्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो । चाँदीको मूल्य १० ग्रामको ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖